तयारी नपुगेको भन्दै सत्ता गठबन्धनको बैठक सर्‍यो

०६ वैशाख, काठमाडाैँ । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ।

तालेमेलको मोडालिटी तयार गर्ने सन्दर्भमा तयारी नपुगेको भन्दै ११:३० मा बस्ने भनिएको बैठक मंगलबार दिउँसो २ बजेका लागि सरेको हो।

यसअघि सोमबार बसेको गठबन्धनको बैठकमा महानगरपालिकाको भागबण्डाको विषयमा कुरा मिल्न सकेको थिएन। पोखरा महानगरपालिकाको भागबण्डालाई लिएर गठबन्धनका दलहरुबीच विवाद छ।

पोखराको मेयरमा गठबन्धनका २ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। ६ महानगरमध्ये अन्यमा भागबण्डा मिलिसकेको बताइए पनि पोखराका कारण टुंगोमा पुग्न सकेको छैन।

पोखरा महानगरको विषयमा छलफल गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन्।

६ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर लिने सहमति भएको छ। त्यस्तै, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने सहमति भएको छ।

गठबन्धनका दलहरुबीच केही उपमहानगरपालिकाको भागबण्डामा पनि सहमति हुन सकेको छैन।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment