अर्थमन्त्रीलाई उद्योग परिसंघले भन्यो: आयात रोक्नुको साटो कर बढाइदिउँ

०५ वैशाख, काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । भेटमा परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोलीले आयात रोक्नुको साटो आयातित वस्तुमा कर बढाउन सुझाव दिएको छ ।

अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा करको दर बढाउनुका साथै आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर गर्नुपर्ने सुझाव दिए ।

अग्रवालले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक–फरक बनाउन सुझाव दिए । उत्पादनका लागि सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने र आयातका लागि जाने ऋणमा बढी ब्याजदर लिन सकिने परिसंघको सुझाव छ ।

परिसंघमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिएका थिए । उनले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्नु तर्कसङ्गत नभएको जिकिर गरे ।

नेपालको वास्तविक ऋण १४ अर्ब ५६ करोड डलर र श्रीलङ्काको ८९ अर्ब ५० करोड डलर रहेको, जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलङ्काको १११.४२ प्रतिशत रहेको, कुल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलङ्काको १‍.९४ अर्ब डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलङ्काको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै परिसंघले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरू धमाधम घोषणा गर्नुपर्ने बताएको छ ।

परिसंघले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैर आवासीय नेपालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले श्रीलङ्कासँग नेपालको तुलना नै नहुने दाबी गरे । उनले भने ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलङ्काजस्तो होइन र हामी श्रीलङ्काजस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौँ ।’ उनले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने दाबी समेत गरे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment