जर्मनको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चने अनुमान

२७ चैत, कठमाडाैँ । सन् २०२२ मा जर्मनको आर्थिक वृद्धिदर घटेर १.५ प्रतिशत पुग्ने भएको छ ।

जर्मनका श्रम मन्त्री हुबर्टस हेलले एक अन्तवार्तामा जर्मनको आर्थिक वृद्धिदर घट्ने बताएका छन् । यो वर्षमा ६ लाख भन्दा धेरै मानिसहरुको जागिर कटौती भएका कारण आर्थिक वृद्धिदर कमी हुने उनले बताए ।

सन् २०२१ मा २.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर घटेर १.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

रुस र युक्रेनबीचको युद्ध अरु देशमा ननिम्त्याउन र इन्धन आपूर्तिलाई यथावत राख्ने प्रयासमा जर्मनको आर्थिक वृद्धिदर कम भए पनि आगामी वर्षमा आर्थिक वृद्धिदर बढ्ने उनले बताएका छन् ।

रुस–युक्रेन युद्धका कारण यस वर्ष धेरै फ्याक्ट्रिहरु बन्द भएका छन् र जागिर कटौतीको सङ्ख्या पनि बढिरहेको छ । यसै सन्दर्भमा जागिर कटौती गरिएका मानिसहरुलाई सरकारले सहयोग गर्ने हुबर्टसले अन्तरवार्तामा बताएका छन् ।

युद्धका कारण प्रभावित भएका कम्पनीहरुलाई जर्मन सरकारले १ सय बिलियन युरो प्रदान गर्ने भएको छ । यसैगरी जर्मनका अर्थमन्त्री क्रिस्टियन लिन्डरले पनि युद्धको प्रभाव न्युनिकरण गर्न संसदमा २४ बिलियन युरो बराबरको पुरक बजेट संसदमा पेस गर्ने भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment