गत साता तीन प्रतिशत घटेको बजार यो साता के होला?

२७ चैत, काठमाडौं । गत साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २५४४.३० विन्दुमा बन्द भएको नेप्से गत साता ३.१४ प्रतिशत (७९.९५ अंक) घटेर २४६४.३५ विन्दुमा पुगेको छ।

यो ट्रेनअनुसार अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २६२०.७२ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भनेओरालो लागेमा २४१४.११ विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। यसले बजारमा सो साता बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम दुई कारोबार दिन नेप्सेले बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ।

यस साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

यस साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। यस साता दैनिक औषतमा १ अर्ब ९६ करोडको सेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनमा दैनिक औषत भोल्यूम २२.६९ प्रतिशत कम हो।

यस साता १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्र बढेको छ। अघिल्लो साता ३०८२.१४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १.९० प्रतिशत अर्थात ५८.७१ अंक घटेर ३१४०.८५ विन्दुमा पुगेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment