प्रारम्भ एकेडेमीको स्मार्ट अभिभावकत्व , प्रि स्कुल कन्भोकेसन र एस इ इ सम्मान कार्यक्रम सम्पन्न

२६ चैत, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका स्थित प्रारम्भ एकेडेमीले आज ” स्मार्ट पारेन्टिङ , प्री स्कुल कन्भोकेसन तथा एस इ इ सम्मान कार्यक्रम- २०७८” को भव्य रूपमा समापन गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा लाइफ कोच तथा मोटिभेटर रबिन कटवालले असल अभिभावकत्वको बारेमा बोल्नु भएको थियो ।

साथै यू के जीबाट कक्षा एकमा जाने विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो ।

यसै कार्यक्रममा यसै वर्ष एस इ इ दिने विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीको तर्फबाट निशान सापकोटा र सुवेक्षा सापकोटाले आ आफ्नो भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा कागेश्वरी मनोहरा नगर प्याब्सनका अध्यक्ष श्रीराम दाहाल, गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष श्री डि एन शिवाकोटी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

काठमाडौँको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडेमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो । 



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment