पार्क मोड र भेन्टिलेटेड सिट सहित टाटा नेक्सन अपडेट भर्सन लन्च हुने

१९ चैत, काठमाडाैं । टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार टाटा नेक्सन अपडेट हुने भएको छ । यसमा धेरै नयाँ फिचरको साथै थप शक्तिशाली ब्याट्री उपलब्ध हुनेछ, जसको रेन्ज ४०० किलोमिटरसम्म हुनेछ ।

मिडिया रिपोर्टका अनुसार २०२२ नेक्सन ईभीमा एयर प्युरिफायर, भेन्टिलेटेड सिट, पार्क मोड र इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम सहित अन्य फिचर पनि हुनेछ, जसले यस इलेक्ट्रिक एसयूभीलाई हालको मोडेल भन्दा धेरै उत्कृष्ट बनाउनेछ ।

नयाँ टाटा नेक्सनमा ४० केडब्ल्युएचको ब्याट्री प्याक जडान गरिनेछ, जसले सिंगल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिनेछ । हाल उपलब्ध नेक्सन ईभीमा ३०.२ केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ, जसले एआरएआई सर्टिफाइड सिंगल चार्जमा ३१२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

२०२२ टाटा नेक्सन ईभीमा फास्ट चार्जिङको सुविधा हुने सम्भावना छ । कम्पनीका अनुसार नयाँ नेक्सन इलेक्ट्रिकमा ६.६ किलोवाटको एसी चार्जर हुनेछ, जसले गर्दा यो कारलाई घरमै बसेर पनि कम समयमा चार्ज गर्न सकिनेछ । फास्ट चार्जिङबाट यसलाई १ घन्टामा फुल चार्ज गर्न सकिनेछ ।

नयाँ टाटा नेक्सन इलेक्ट्रिकको लुक र फिचर हालको मोडेलको तुलनामा केही कस्मेटिक परिवर्तन हुनेछ । यसको ४ वटै पाङ्ग्रामा डिस्क ब्रेक, नयाँ अलोय ह्विल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्टसहितको राम्रो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ जस्ता फिचर हुनेछ ।

नयाँ टाटा नेक्सन ईभी ६ अप्रिलमा लन्च हुने सम्भावना रहेको छ । रिपोर्टका अनुसार यसको मूल्य लगभग १५ लाख भारु हुने सम्भावना छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment