विभिन्न मुलकका आकासमा देखियो अनौठो ‘रातो चम्किलो प्रकाश’

१६ चैत, वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकासमा रहस्यमय प्रकाशपुन्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले ‘रातो चम्किलो प्रकाश’ टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् ।

केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसंग पनि आउनसक्ने तर वास्तवमा यो कुनै असाधारण चिज हुने नसक्ने सम्भावना बढी रहेको बताउँछन् ।

एबीसी १३ का अनुसार मार्च २३ को राति ह्युस्टन लगायत पियरल्यान्ड, लिगी सिटी, डिर पार्क र मिसौरी सहरका आकासमा यो रातो ज्योति देखिएको हो । यस्तै ज्योति इजिप्टलगायत विश्वका अन्य भागहरूमा पनि देखिएको बताइएको छ ।

केही मानिसहरू आकासमा आइस क्रिस्टलमा प्रकाश छिर्दा यस्तो स्थिति उत्पन्न हुने बताउँछन् । यस्तो अवस्थामा प्रकाश माथि आकासतर्फ गइरहेको जस्तो देखिन्छ । यसरी आकासमा अनौठो प्रकाश देखिनु र त्यसलाई मानिसहरूले अर्कै ग्रहका प्राणी सम्झनु यो पहिलो घटना भने नभएको बताइएको छ ।

तर वैज्ञानिकहरूले अज्ञात ग्रहमा प्राणीहरू हुनुपर्ने विश्वास गर्नेगरेबाट यस रहस्यलाई पूर्ण नर्कान पनि नसकिने बताइएको छ ।

एबीसी १३ को भुगर्भविद प्रमुख ट्रभिस हर्जोगले टेकसासमा मौसम खराब भएकाले वायुमन्डलको माथिल्लो भागमा अत्यन्तै चिसो हुँदा त्यहाँ आइस क्रिस्टल बनेको र त्यसमा प्रकाश पर्दा यस्तो दृश्य देखिएको हुनुपर्ने बताएका छन् ।

साथै हर्जोगले सो क्षेत्रमा रहेको केमिकल प्लान्ट वा प्रशोधन केन्द्रका कारण पनि यस्तो प्रकाश पुन्ज देखिएको हुनुपर्ने तर्क गरेका छन् । हुनत हालसालै केहि मानिसले प्रशान्त महासागरमा एउटा अज्ञात उड्ने वस्तु डुबेको पनि दाबी गरेका थिए ।

बीजीआर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment