सलमान खान आउने कार्यक्रम विवादमा : मालेमाद्धारा विरोध

१५ चैत, काटमाडाैँ । पर्यटन मन्त्री प्रेम आलेलाई साक्षी राखेर काठमाडौंको दशरथ रंगशालामा तामझाम सहित भारतीय कलाकार सलमान खानलाई भित्र्याउने कार्यक्रम विवादमा परेको छ । मालेमाका लागि विश्व मञ्चले एक विज्ञप्ति जारी गर्दै खानलाई करोडौं खर्च गरेर नेपाल ल्याउने कार्यक्रमको विरोध गरेको हो ।

बिगतमा ठगी आरोपमा पक्राउ परेका सिमान्त गुरुङद्वारा संचालित ओडिसी इन्टरटेन्मेन्टले ‘दबङ लाइभ इन नेपाल’ को नाममा आगामी जेड १४ गते खानलाई नेपाल ल्याउने तयारी गरेको छ ।

कोरोना महामारी र घिनलाग्दो राजनीतिका कारण संकटमा परेको नेपाली कला क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली कलाकारलाइ जनताबाट अलग गर्ने भित्री उद्देश्यले सहित भारतीय कलाकार काठमाडौं ल्याउन लागिएको प्रती मंचले खेद प्रकट गरेको छ । मंचका संयोजक लोकेश विश्वकर्माद्धारा जारी बिज्ञप्तीमा यस्ता खाले कार्यक्रमले सिंगो नेपाली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने दाबी गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ ‘बाहिर जे जस्तो हल्ला गरितापनि सलमान खान नेपाललाई प्रेम गरेर आउन लागेका हुँदै होइनन् , यो कार्यक्रमको मुख्य ध्यय उनको नाममा नेपालीको पैसा सोहोर्नु र नेपाली कलाक्षेत्रको अपमान गर्नु नै हो । जहाँसम्म पर्यटन प्रवर्द्धनको देखावटी कुरा छ उनलाइ ल्याउने भनेको ‘ सुन्दर बगैंचाको बिज्ञापनमा कागजी फुलको प्रयोग’ गर्नु जस्तै हो । त्यसैले यो औचित्यपूर्ण छैन । ‘

टुबोर्ग नामक मदिराको स्पोन्सरमा यो कार्यक्रम गर्न लागिएको हो । यसअघि पनि टुबोर्गकै नाममा कार्यक्रम गर्ने भन्दै करोडौं रुपैयाँ ठगि भएपछि ओडिसी इन्टरटेनमेन्टका मालिक गुरुङ पक्राउ परेका थिए । उक्त समयमा पनि चौतर्फी बिरोध पछि कार्यक्रम रद्ध भएको थियो ।

ओडिसी इन्टरटेनमेन्टले आगामी जेठ १८ गते काठमाडौंको सहिद दशरथ रंगशालामा भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली कलाकारलाई नेपाली जनताबाट अलग गर्ने उद्देश्यले ठुलो तामझाम सहित भारतीय कलाकार काठमाडौं ल्याउन लागिएको प्रती हामी गम्भीर भएका छौ । यो कार्यक्रमले सिङ्गो नेपाली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने निश्चित छ ।

सलमान खान नेपाली जनतामा समेत लोकप्रिय हुनसक्लान तर सोही आवरणमा उनीसँगै आउने सांस्कृतिक हस्तक्षेप र अतिक्रमणलाई कुनै पनि नेपालीले स्वीकार गर्न सक्दैनन् । उनी एक कलाकार भएको हिसावमा नेपाल आउजाउमा कुनै असहजताको नीति छैन । तर उनको लागी करोडौं खर्च गर्ने कुरा सह्य हुनसक्दैन । अझ प्रतिव्यक्ति २५ हजार रुपैयाँको टिकट काट्ने कार्यले मुलुकको अर्थतन्त्रलाई समेत नराम्रो गरि प्रभावित गर्ने कुरा मान्य हुनैसक्दैन ।

बाहिर जे जस्तो हल्ला गरितापनि सलमान खान नेपाललाई प्रेम गरेर आउन लागेका हुँदै होइनन् , यो कार्यक्रमको मुख्य ध्यय उनको नाममा नेपालीको पैसा सोहोर्नु र नेपाली कलाक्षेत्रको अपमान गर्नु नै हो । जहाँसम्म पर्यटन प्रवर्द्धनको देखावटी कुरा छ उनलाइ ल्याउने भनेको ‘ सुन्दर बगैंचाको बिज्ञापनमा कागजी फुलको प्रयोग’ गर्नु जस्तै हो । त्यसैले यो औचित्यपूर्ण छैन ।

सलमान खानलाई तामझामका साथ नेपाल ल्याउने कुराले नेपाली कला क्षेत्र र कलाकार माथी अपमान मात्रै गरेको छैन यसले भारतले नेपाललाई सानो भाइ (छोटा भाई ) मान्ने कुरालाई कला क्षेत्रमा पनि स्थापित गर्न खोजिएको छ । सरकारको उक्त कदमले नेपालको कला संस्कृतिमाथी गम्भीर उपेक्षा गरेको छ ।

कला संस्कृति र कलाकारहरूमा पनि निकै धनी भएको देशले अर्को देशको कलाकारलाई ल्याएर पर्यटको प्रवर्द्धन गर्नखोज्नु निकै हास्यास्पद र खेदजनक छ । सलमान खानलाई ल्याएर नेपालको कला क्षेत्रलाई पनि भारतिय कला क्षेत्रको उपनिबेश बनाउने हर्कत नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छौं ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment