विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

१२ चैत, काठमाडाैँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खुमा ना.५ ख ७५०८ नम्बरको ट्रक, बागमती प्रदेश ०१-०२५ च.७२० नम्बरको डिआई गाडी, बा.१ प ९८८ नम्बरको हाइस गाडी र बा.४९ प

७१८५ नम्बरको स्कुटर एक-आपसमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका २९ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सबै सवारी साधन, ट्रक चालक र हाइस चालकलाई नियन्त्रणमा लिई हाल फरार डिआई गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्थित सडकमा बा.३ ख ५१९३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भू हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता भक्तपुर नगरपालिका-१ सृजनानगरमा बा.४ ख २००१ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प.६११४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३६ वर्षीय रमेश तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको राप्ती नगरपालिका-१ महादेवटारमा ना.४ ख ४६०९ नम्बरको ट्रक र प्र.३-३-००१ प ५८३३ नम्बरको मोटरसाइकल शुक्रबार राति एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरी बस्ने ५५ वर्षीय रमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता झापाको बिर्तामोड नगरपालिका-१ भगवान चोकमा प्र.१-०२-००२ च ४७१५ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री कमल गाउँपालिका-५ बस्ने ६५ वर्षीय बालकृष्ण चौधरीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा से.६ प ८५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय तपेन्द्र बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment