शाहको मुद्दामा थुनछेक बहस अन्तिम चरणमा, आजै आदेश आउने

१० चैत्र, तनहुँ । उमेर नपुगेकी किशोरीमाथि बलात्कार आरोपमा जिल्ला अदालत तनहुँमा अभियोग पत्रसहित पेस गरिएका नायक पल शाहको मुद्दामा थुनछेक बहस अन्तिम चरणमा पुगेको छ।

शाहको पक्षबाट अहिलेसम्म १० जना कानुन व्यवसायीले बहस गरिसकेको र अब एक जनाको मात्र बाँकी रहेको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताएका छन्।

जिल्ला अदालत तनहुँका सूचना अधिकारी गौतमले बहस अन्तिम चरणमा पुगेकाले आजै साँझसम्म थुनछेक आदेश आउने बताए । आदेशमा शाहलाई धरौटीमा छोड्ने कि पुर्पक्षका लागि थुनामा पठाउनेबारे निर्णय आउनेछ।

हिजो (बुधबार) पीडित पक्षका ९ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए। शाहको पक्षबाट बुधबार दुई जनाले कानुन व्यवसायीले बहस गरेका थिए।

थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्।

यता,शाहका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्।

बलात्कार आरोपमा नाबालिग गायिकाकाको परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएका थिए। जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarentertainmentNewsPal Shah
Comments (0)
Add Comment