जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी इनरुवाबाट पक्राउ

१० चैत, काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका-१० बस्‍ने ३६ वर्षीय अर्जुन आचार्य भन्‍ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले इनरुवाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

आचार्यले काठमाडौं महानगरपालिका-१८ ताम्सिपाखामा पीडित महिलालाई विवाह गर्ने भन्‍दै अनुचित प्रभाव र डर, त्रास देखाएर जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19crimeDeathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment