नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१० चैत, काठमाडाैँ । साताको अन्तिम दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार ६ सय १३ दशमलव ६७ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ ।

दिनभर भएका ४५ हजार ७६ कारोबारबाट २२४ धितोपत्रका ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँ पुगेको छ ।

बजार घटेपनि धेरै जीवन बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । जीवन बीमा समूहको सबइन्डेक्स नै ३७० अंकले बढेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsshare market
Comments (0)
Add Comment