योगले मानवलाई तन्दुरुस्त बनाउँछ : वरिष्ठ नेता पौडेल

०९ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उहाँले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताउनुभयो । उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिकरूपमा योग गर्नुपर्नेमा जोड दिनुभयो ।

यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusDeathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment