सुनको मूल्य बुधबार एकैदिन १ हजार १०० रुपैयाँले घट्यो

०९ चैत, काठमाडाैँ । सुनको मूल्य बुधबार नेपाली बजारमा घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एकैदिन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । आजका लागि चाँदीको मूल्य तोलाको १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२१ डलर तथा चाँदी प्रतिऔंस २४.८३ डलरमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilvernepalNewsSilpa Setty
Comments (0)
Add Comment