बलात्कार प्रयास गरेकाे आरोप लागेका शिक्षकलाई सुरक्षा दिँदा आक्रमणमा परेकी प्रहरीको मृत्यु

०७ चैत्र, मोरङ । मोरङको लेटाङमा स्थानीयको आक्रणबाट गम्भीर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो ।

उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा कक्षा ७ मा अध्यायनरत एक १३ वर्षिया विद्यार्थीलाई एक शिक्षकले बलात्कार प्रयास गरेको आरोप लागेपछि आक्रोशित स्थानीयले प्रहरी महिलालाई आक्रमण गरि गम्भिर घाइते बनाएका थिए ।

बलातकार प्रयास गरेका शिक्षकबिरुद्ध आक्रोशित बनेका स्थानीयले विद्यालय घेराउ गरेका थिए । जसक्रममा प्रहरीमाथि पनि स्थानीयले आक्रमण गर्न पुगेका थिए । आक्रमणमा परेर थप १७ प्रहरी घाइते भएका छन् ।

बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक प्रहरी नियन्त्रणमा छन् । उनलाई अनुशनधानका लागि इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको प्रहरीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment