कैलालीमा चक्कु प्रहारबाट युवक घाइते, एक जना पक्राउ

०६ चैत, धनगढी । कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । आइतबार दिउँसो लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापालाई लम्की बजारको टीकापुर सडकमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लम्कीचुुहा नगरपालिका–१ कै २३ वर्षीय प्रेम रावलले थापामाथि चक्कुु प्रहार गरेको जानकारी दिए ।

चक्कुु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । उनको दाया गालामा चोट लागे पनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गरेको आरोप लागेका रावललाई भने इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment