यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

०४ चैत, काठमाडाैं । नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी मार्च २३ मा लन्च गर्ने योजना भएको यो गाडीमा नेपालमै पहिलो पटक प्रयोग गर्न सकिने धेरै फरक खालका फिचर उपलब्ध छन् ।

प्रोटोन एक्स५० मा एडीएएस अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम छ । नेपाली बजारमा यो फिचर उपलब्ध थोरै गाडीमा यो पर्छ । यस अन्तर्गत भएका विभिन्न फिचरका कारण यो गाडीको विशेषता अन्य गाडी भन्दा धेरै फरक छ ।

यसमा भएको राडारले सडकमा गाडी चलाइरहेको समयमा अन्य गाडी वा वस्तुलाई पहिचान गर्ने काम गर्छ । यसले गर्दा निश्चित गतिमा दौडाउन र अन्य वस्तुहरुसँग छोइनबाट बचाउछ ।

रिमोट इन्जिन स्टार्ट – प्रोटोन एक्स५० को ढोका नखोलेर वाहिरैबाट इन्जिन स्टार्ट गर्न सकिन्छ । रिमोटको सहयोगले निश्चित दुरीबाट इन्जिन स्टार्ट गरे पछि जाडो मौसममा केही समय तातिन वा गर्मी मौसममा केही वेर चिसो हुन दिए पछि मात्र ड्राइभर सिटमा गएर बस्दा हुन्छ ।

टो पार्क असिस्ट – नेपालमा उपलब्ध गाडी मध्ये पहिलो फिचर हो अटो पार्क असिस्ट । धेरै गाडी पार्किङ गरिराखेको स्थानमा नजिकै पु-याउदा यो गाडीले आफै पार्किङ स्पेस पत्ता लगाएर सहज तरिकाले पार्किङमा बस्छ । यसलाई प्यारालल वा परपेन्डिकुलर गरी दुई तरिकाले पार्किङ गर्न सकिन्छ । त्यसैगरी पार्किङ गरेको स्थानबाट आफै निस्कने समेत हुन्छ ।

फ्रन्ट वेलकम ल्याम्प – गाडीको ढोका खोले पछि वेलकम ल्याम्प बल्छ र तलतिर प्रोटोनको लोगो देखिन्छ ।

फरवार्ड कोलिजन वार्निङ – गाडी निश्चित गतिमा दौडिरहेको छ र कुनै निश्चित दुरीमा अन्य गाडी वा कुनै वस्तु आए भने अगाडि ठोक्किने सम्भावना हुन्छ । यो अवस्थामा फरवार्ड कोलिजन वार्निङले सचेत गराउछ । यसले गर्दा दुर्घटना हुन पाउदैन ।

आईसीसी अर्थात इन्टेलिजेन्ट क्रुज कन्ट्रोल – यसमार्फत निश्चित गतिमा गाडी चलाउनका लागि सेट गरिसके पछि पनि स्टेयरिङमार्फत लेनको सेन्टरमा चलाउन सकिन्छ ।

लेन डिपार्चर वार्निङ – गाडी चलाइरहेको समयमा लेन भन्दा वाहिर गयो भने गाडीलाई अटोमेटिक रुपमा आफ्नो लेनमा ल्याउछ ।

बीएलआईएस अर्थात ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टम – गाडीको भित्रतिरबाट कतिपय अवस्थामा छेउतिरका दृश्य अर्थात ब्लाइन्ड स्पट नदेखिन सक्छ । यो अवस्थामा बीएलआईएसको सहयोगले सिसामा सहज तरिकाले ती स्थान देख्न सकिन्छ र दुर्घटना हुने डर हुँदैन । यसका लागि गाडीमा भएको ३६० क्यामेराले सहयोग गर्छ ।

आईएचबीसी अर्थात इन्टेलिजेन्ट हाई बिम कन्ट्रोल – रातको समयमा गाडी चलाउदा परिस्थिति अनुसार हाई बिम वा लो बिमको लाइट उपलब्ध गराउन यसले सहयोग गर्छ ।

भ्वाइस कमान्ड – ‘हाई प्रोटोन’ उच्चारण गरेर झ्याल खोल्न, म्युजिक बजाउन वा यस्तै विभिन्न निर्देशन दिदा अटोमेटिक रुपमा काम गर्छ । यो फिचर पनि निकै नै आकर्षक छ ।

नेपाली बजारमा जगदम्बा मोटर्सले प्रोटोनका गाडी बिक्री– वितरण गरिरहेको छ । नेपाली बजारमा सो एसयूभी स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । भेरिएन्ट अनुसार यसको मूल्य ७१ लाख ९९ हजार, ७९ लाख ९९ हजार र ८४ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

यसको माथिल्लो भर्सन अर्थात फ्ल्यागसिप भेरिएन्टमा १.५ लिटर टीजीडीआई इन्जिन छ, जसले १७७ पीएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी स्ट्यान्डर्ड र प्रिमियम भेरिएन्टमा रहेको इन्जिनले १५० पीएस पावर र २२६ एनएम टर्क जेनेरेट गर्छ ।



मल्टिमिडिया ग्यालरी

AutomobilesbusinessCarCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalNewsPoliticPrime MinisterProton X50Royal EnfieldSher Bahadur DeubaVaccine
Comments (0)
Add Comment