रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

०५ चैत, काठमाडौँ । प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ ।

यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई रु पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

डा. वानीरा गिरीको ७९औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेशन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment