जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते, ७३.६८ प्रतिशत लाभांश पारित गर्ने

०४ चैत, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते तेस्रो वार्षिक साधारण सभा डाकेको हो।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्तावसमेत सभामा पेशगर्नेछ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १२ गतेदेखि चैत २५ गतेसमम बुकक्लो गर्नेछ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment