कांग्रेस सर्लाहीको सभापतिमा सिंह

३० फागुन, मलङ्गवा । नेपाली कांगे्रस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित हुनुभएको हो ।

रायले रायले एक हजार ३७८ मत प्राप्त गर्नुभएको थियो । जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो ।

१४ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी,डा सरोजकुमार, शेख सदुल्लाहल निर्वाचित हुनुभएको छ । त्यस्तै सचिबमा नीरज कार्की,सहसचिव इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownNewsPolitic
Comments (0)
Add Comment