‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’

२५ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको र व्यावसायिक, राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय बन्दै गएको बताउनुभयो । उहाँले व्यावसायिक क्षेत्रमा महिलाको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यावसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको जानकारी गराउनुभयो । यसका लागि चालु आर्थिक वर्षको जीवनरक्षा कोषमा रु एक अर्ब राखिएको उहाँको भनाइ छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध सङ्घसंस्थाले महिला जागरणसम्बन्धी तालिम समय–समयमा गरिराख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको रक्यान्सरपीडितका लागि नेपाल सरकारले रु एक लाख र गण्डकी प्रदेश सरकारले रु ५० हजार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाले मात्र रोजगारी पाएको बताउनुभयो । महिला आफँै जाग्नुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभयो । सङ्घ महिला उद्यम विकास समिति संयोजक मुना बाँस्तोला व्यवसायमा महिलालाई अझै पनि थुप्रै चुनौती रहेको महिलामैत्री वातावरण अभावमा महिला नेतृत्वमा पुग्न र व्यावसायिक छवि बनाउन अझै समस्या देखिएको बताउनुभयो ।

पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलालाई सुरक्षित वातावरण बनाउनुपर्ने बताउनुभयो । महिलाका अधिकार र मुद्दालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हीरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNews
Comments (0)
Add Comment