प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ

२४ फागुन, काठमाडौं। प्रारम्भ एकेडेमीले स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ गरेको छ ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित प्रारम्भ एकेडमीले आफ्नो “स्पोर्ट्स कार्निभल २०७८” को भब्य रूपमा शुभारम्भ गरेको हो ।

कार्यक्रममा काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राइको प्रमुख आतिथ्यतामा सम्प्नन भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो।

खेलकुद कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले विद्यार्थीहरूको सर्वाङीण  विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता कार्यक्रमहरू हरेक वर्ष गर्दै आइरहेको र गरिरहने बताउनुभयो ।

विद्यार्थी जीवनमा खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहेको तथा खेलको माध्यमबाट विद्यार्थीहरूलाइ अनुशासित बनाउन सघाउ पुर्‍याउने भएकालेे यस्ता क्रियाकलापहरू हरेक विद्यालयमा सन्चालन हुनुपर्ने कुरा विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा कागेश्वरी मनोहरा नगर प्याब्सनका अध्यक्ष श्रीराम दाहाल, गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष श्री डि एन शिवाकोटी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियोे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment