काठमाडौं र भक्तपुर ‘रेड जोन’मुक्त, उपत्यकामा थपिए २९ संक्रमित

२३ फाल्गुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आठ हजार ६३८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४८ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ३३ हजा ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल छ हजार १५० जना सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment