बहुप्रतीक्षित प्रोटोन एक्स ५० नेपाली सडकमा

२२ फाल्गुन, काठमाडौँ । बहुप्रतीक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स५० काठमाडौंको सडकमा देखिएको छ।

यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयुभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव हुने कम्पनीको अपेक्षा छ। प्रोटोन एक्स५० चार संस्करणहरूमा आउने जनाउँदै कम्पनीले यसमा १.५ लिटर टर्बोचाज्र्ड थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागसिप भेरियन्टमा टिजिडिआई (डायरेक्ट इन्जेक्सन) टर्बोचाज्र्ड थ्री–सिलिन्डर पेट्रोल हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। इन्जिनहरूले टिजिडिआई इन्जिनले १३० पिएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पिएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

प्रोटोन एक्स ५० एसयुभी, निर्माताको वेबसाइटअनुसार, उत्कृष्ट–इन–क्लास सुविधाह समावेश गर्दछ। जस्तै ६ एयर ब्याग, इबिएस र बिएसँग एबिएस, अटो हेडलाइट र वाइपरहरू, किलेस एन्ट्री (अगाडि ढोका ह्यान्डलहरूमा सक्रिय टच सेन्सरहरू सहित), पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू। प्रोटोन एक्स५० पनि उपयोगी अटो पार्क सुविधाको साथ आउँछ। एक्स ५० सँग एसईएन एनसिएपीबाट पूर्ण ५ तारे क्यार्स टेस्ट रेटिङ पनि छ। जगदम्बा मोटर्स नेपालमा प्रोटोन कार्सको आधिकारिक वितरक हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCarCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsSUV
Comments (0)
Add Comment