ललितपुरमा एकै परिवारका पाँचजना मृत फेला

२३ फागुन, ललितपुर ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन् । ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ नल्लुस्थित काइली स्याङ्बोको घरभित्र सुतेको अवस्थामा चारजना र दुईदिनको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्बो, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङ्बो, नाती ९ वर्षीय आशिष स्याङ्बो र नातिनी ५ वर्षीय आस्मा स्याङ्बो छन् ।

त्यस्तै २३ वर्षीय छोरा सुभाष स्याङ्बो घाइते छन् । नवजात दुई दिनको शिशुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठामा आगो बालेको कोइला फेला परेको प्रहरीले जानकारी दिएको छ । निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19Deathdigital khabardigitalkhabareducationhealthInternationalLockdownnepalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeather
Comments (0)
Add Comment