रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रतिब्यारल १५० डलर पर्ने, नेपालमा कति पर्ला ?

२३ फागुन, काठमाडौं । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।

यदि पश्चिमा देशहरुले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलरभन्दा बढी पर्न जाने विश्लेषण हुन थालेको छ । आयलप्राइसले यस्तो विश्लेषण गरेको हो ।

रुसले विश्व बजारको कच्चा तेलको कुल उत्पादनमध्ये १० प्रतिशत हिस्सा राख्दछ । यसमाथि पश्चिमा देशले प्रतिबन्ध लागेमा उत्पादन घट्न गई मूल्य झन् बढ्छ ।

रुसी तेलमा प्रतिबन्ध लागेमा नेपालमा ठूलो असर पर्न सक्छ । भारतले रुसबाट पनि तेल आयात गर्दछ । नेपालले भारतको इन्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्दछ ।

अहिले नेपाल आयल निगमले प्रति लिटर पेट्रोल १५० रुपैयाँले विक्री गर्दा पनि १६ रुपैयाँ प्रति लिटर घाटा रहेको जनाएको छ । १०० डलर प्रति ब्यारल पुग्दाको यो घाटा हो । प्रति ब्यारल १५० डलर पुगेमा आयल निगमले कम्तिमा पनि प्रति लिटर २०० रुपैयाँले बेच्नुपर्ने हुन्छ या त प्रति लिटर ५० रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपर्ने हुन्छ ।

सरकारले पेट्रोलियम पद्धार्थमा लिदै आएको विभिन्न कर मिनाहा गर्दा पनि पेट्रोलको मूल्य १५० भन्दा कमले बेच्न नसक्ने अवस्था बन्ने स्थिति निर्माण हुन लागेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationGashealthInternationalNewsOilPoliticPrime MinisterRussiaSher Bahadur DeubaUkrainVaccinewarWeather
Comments (0)
Add Comment