नेपाल र माल्दिभ्सले मिलेर काम गर्न सक्छन् : स्वास्थ्यमन्त्री खतिवडा

२० फागुन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले माल्दिभ्स र नेपालले मिलेर काम गर्न सक्ने बताएका छन् । नेपालका लागि माल्दिभ्सका गैर आवासीय राजदूत डा. हुसैन नियाजसँगको शिष्टाचार भेटमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले नेपाल र माल्दिभसबीचको सम्बन्ध निकै पुरानो भएको बताउँदै व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा दुवै देशले आपसी हितका लागि मिलेर काम गर्न सक्ने बताए । उनले भने, ‘नेपाल र माल्दिभ्स दुवै आकर्षक पर्यटकीय गन्तव्य हुन्। दुई देशको हितका लागि संयुक्त प्याकेज र प्रचारप्रसारलगायतका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन सकिन्छ ।’

मन्त्री खतिवडाले माल्दिभ्स सरकारबाट नेपाललाई १ लाख ५० हजार डोज एस्ट्राजेनेका खोपको सहयोग प्रस्ताव प्राप्त भएको बताए। विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तनमा नेपाल र माल्दिभ्सको भूमिका नगन्य भएपनि दुवै देशले यसबाट सिर्जित प्रतिकूल प्रभावहरुको सामना गरिरहेको दाबी गर्दै यस सन्दर्भमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि गरिने दुई देशबीचका प्रयासहरूलाई आर्थिक र प्राविधिक सहयोग जुटाउनका सुदृढ गर्न आवश्यक रहेको बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment