पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५ -५ रुपैयाँले वृद्धि, पेट्रोलको मूल्य १५० रूपैँया

२० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५ रुपैयाँले वृद्धि गरेको छ। निगमको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १५० रूपैँया पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैँया पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ a २८ पैसा, डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको छ। तर मट्टितेलमा भने १९ रूपैँया ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalPetrol
Comments (0)
Add Comment