ओलीले देशको पक्षमा बोलेर ‘महाहिरो’ भएको भए खुसी हुन्थें : भीम रावल

१८ फागुन, काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले देश, पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने बताएका छन्।

बुधबार एक ट्वीट गर्दै नेता रावलले आफूले एमसीसीबारे राखेको धारणालाई ‘हिरो’ हुन खोजेको भनि भएका टिप्पणीप्रति असन्तुष्टि व्यक गरेका छन्।

उनले अध्यक्ष केपी ओलीले ‘देशको पक्षमा बोलेर ‘महाहिरो’ भएको भए आफू खुशी हुनेथिएँ’ भनेका छन्।

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ’ रावलले भनेका छन्, ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment