गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ फागुन, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिला एक्लै माछा मार्न खोला गएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment