ओली र प्रचण्डसँग गृहमन्त्रीको छुट्टाछुट्टै भेट

११ फागुन, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले प्रचण्ड र ओलीलाई बिहान उहाँहरुकै निवासमा पुगेर भेट गर्नुभएको हो ।

दुवै भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । भेटमा ओली र प्रचण्डले पुरानै अडान दोहोर्याउनुभएको छ ।

ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनै पनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिनुभएको छ ।

हिजो बेलुकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि ओलीले यही अडान राख्नुभएको थियो । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आउनुभएको छ । सत्ता साझेदार दलकै अवरोधकाबीच सरकारले गएको आइतबार एमसीसीसँगको सम्झौता संसदमा टेबल गरिसकेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच सहमति नभए विपक्षीको सहयोग लिएर भए पनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद बैठक भोलि बोलाइएको छ । आउँदो फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न सरकारलाई दबाब छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment