नेकपा एमालेका अध्यक्ष केपी ओलीको “प्रेम” फेरिएको काजी कालु पाँडे समाधि स्थल दहचोक

१० फागुन, काठमाडाैँ । फागुन ९गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरी नगरपालिका वडा नं १ मा रहेको काजी कालु पाँडे समाधि स्थल दहचोक पुगेका थिए।

सो स्थानमा सजह परिस्थति हुँदा हरेक वर्ष हुने दहचोक महोत्सवमा पुग्ने गरेका पुर्वप्रधानमन्त्री ओली यस पटक भएको असहज समयमा पनि पत्नी राधिका शाक्य सहित दहचोक पुगेका थिए।

दहचोकमा काजी कालु पाँडेको पूर्ण कदको शालिक सम्मुखमा जीवन संगिनी राधिका शाक्यलाई सो क्षेत्रमा फुलेको लालीगुराँस प्रदान गर्दै प्रतिकात्मक महोत्सवमा प्रेम प्रकट गरेका अध्यक्ष ओलीले सो क्षेत्रको थप विकास र प्रवर्धन हुनुपर्ने बताएका थिए।

नेपाल एकीकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गोरखाका सेनापति काजी कालु पाँडेको समाधि स्थल र सो क्षेत्रको पर्यटन प्रवर्धनका लागि नजिकबाट चासो र पहलकदमी लिएका पुर्वप्रधानमन्त्री ओलीको स्नेहले सो क्षेत्रको मुहार फेरिएको वडा नं १ का अध्यक्ष राजेन्द्र केसीले बताए।

विसं १७७० मा जन्मिएका पाँडेको १८१४ मा किर्तिपुरको लडाईमा निधन भएपछी उनकै इच्छा अनुसार दहचोकमा गोरखा तर्फ शिर बनाएर राखिएको समाधि स्थल अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास भएको जानकारी दिदै अध्यक्ष केसीले पूर्वाधार र प्रवर्धनमा अध्यक्ष ओलीले देखाएको वात्सल्य र प्रेमका लागि आभार प्रकट गरेका छन।

महोत्सवका दिन मात्र नभई वर्षभरी नै सो काठमाण्डौ उपत्यका,गोरखा सहित अन्य क्षेत्रहरु देख्न सकिने दहचोकमा भ्रमणका लागि आग्रह गर्दै वडा अध्यक्ष केसीले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment