एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न

०६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेपछि नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले सडकमा टायर बाल्दै एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायत दल र मोर्चाले संयुक्त रुमा आन्दोलन गरिरहेका हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment