आज माैसम सफा रहने

०६ फागुन, काठमाडौं । देशका अधिकांश स्थानमा आज मौसम सफा रहने भएको छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment