इटालीको एउटा सानोसहर जहहा १० जना एक सय वर्ष उमेर नाघेका व्यक्तिहरू पनि बस्छन्

०६ फागुन, इटाली । करिब एक हजार ७६५ जना मानिसको मात्र वसोवास रहेको इटालीको एउटा सानो सहरको अर्को विशेषताले त्यहाँको महानगरपालिकाको ध्यान केन्द्रित भएको छ । त्यो विशेषता के हो भने, त्यो सहरमा दसजना एक सय वर्ष उमेर नाघेका व्यक्तिहरू पनि बस्छन् ।

शनिबार इटालीको सार्डिनिया टापुको पर्डास्डेफागु सहर निवासी भित्तोरियो लाइले एक सयौँ जन्मदिन मनाएका थिए । त्यसैगरी पिउसिया लाइ नामक महिलाले पनि २० फ्रेब्रुअरीमा आफ्नो एक सयौँ जन्मदिन मनाउने भएकी छन् ।

सार्डिनिया सय वर्ष उमेर नाघेका धेरै व्यक्ति भएका विश्वका पाँच वटा स्थानमध्ये एक हुन् । विश्वमै सबैभन्दा पाको उमेरका नौ जना दाजुदिदी तथा भाइबहिनी भएको मेलिस परिवारलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणपत्र प्रदान गरेपछि पर्डास्डेफोगु सहर सन् २०१२ मा पनि निकै चर्चाको विषय बनेको थियो ।

उक्त कन्सोलाटा मेलिस परिवारका सबैभन्दा जेठो सदस्यको सन् २०१५ मा १ सय ८ वर्षको उमेरमा सहरकै पहिलो सबैभन्दा पाको व्यक्तिको किर्तिमान राखेर निधन भएको थियो ।

Global bank



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment