एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

०५ फागुन, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment