मन्त्री झाँक्रीसँगै सांसद यादव दलित बस्तीमा दलित समुदायको दयनीय अवस्थाबारे अवगत गराएका हुन्

श्यामल कुमार गिरी

०४ फाल्गुन, बारा ।
बाराको क्षेत्र नम्बर ३ स्थित दलित बस्तीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको प्रतिनीधिमण्डलले अनुगमन गरेको छ । बाराको क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले आफ्नो क्षेत्रका दलित बस्तीमा बसोबास गर्ने दलित समुदायको आवास निर्माण गर्ने लक्ष्यअनुरुप मन्त्री झाँक्रीलाई दलित समुदायको दयनीय अवस्थाबारे अवगत गराएका हुन् ।

मंगलवार बाराको निजगढ अन्तराष्ट्रिय बिमानस्थलको अनुगमनका लागि आएकी मन्त्री झाँक्री सांसद यादवसँगै बारा पुगेकी थिइन् । सो क्रममा मन्त्री झाँक्रीले दलित समुदायको अवस्थालाई नजिकबाट नियालेर पक्की आवास निर्माणका लागि रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी छिन् । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका यादवको लामो समयदेखिको अथक प्रयासका कारण अब त्यस क्षेत्रका दुसाद, धाँगड, मेस्तर, डोम समुदायले पक्की घर प्राप्त गर्ने भएका छन् ।

न्युन आर्थिक अवस्थाबाट गुज्रिएका र कच्ची घरमा बस्दा घाम पानीसहित अन्य जोखिमहरुका बिच बाँचीरहेका दलित समुदायले अब आरामसँग पक्की घरमा बस्न पाउने सांसद यादवको विश्वास छ । एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुरुप सो क्षेत्रका करिब २ सय जना अल्प संख्यक समुदायको घर निर्माण हुने सांसद यादवले जानकारी दिए ।

दलित बस्तीमा मन्त्री झाँक्रीसँगै सांसद यादवको प्रवेशले उनीहरुमा पक्की घरमा बस्ने पाउने आशा पलाएको छ । सोही आशालाई सार्थकतामा परिणत गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि सांसद यादवले व्यक्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

BarabusinessCoronavirusDeathdigital khabarhealthLockdownnepalNewsPoliticRam Kumari Jhakri
Comments (0)
Add Comment