दाङ र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

०१ फागुन, काठमाडौँ । शनिबार दाङ र बर्दियामा भएका सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । दाङको लमही उपमहानगरपालिका–२ स्थित बनकटुवा भन्ने स्थानमा रा.१ ख.२२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ५६ वर्षीया राममती चौधरीको मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा जनाइएको छ । उता बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवास्थित सडकमा भे २ त १३१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ बस्ने १५ वर्षीय सुमन थारु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कौशिल्या अस्पतालमा बाँसगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य १६ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentbusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment