माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

२७ माघ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो। बैठकका लागि सम्पूर्ण तयारी भइसके पनि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो।

नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले कोभिड संक्रमणलाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको जानकारी दिए। ‘कोरोनाको संक्रमण अझै घटि नसकेको र यो अवस्थामा बैठक गर्न नहुने भन्ने सुझाव आएपछि स्थगित भएको हो,’ उनले भने,‘अर्को बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन। अवस्था सहज भएपछि बस्छ होला।’

उनले अन्य कुनै कारणले बैठक स्थगित नभएको दाबी गरे। नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको केहीदिन अघिको अनौपचारिक छलफलमा एमसीसीका बारेमा गम्भीर बहस भएको थियो।

उक्त छलफलले केन्द्रीय समिति बैठकमा एमसीसी परियोजनाका बारेमा छलफल गर्ने भनिएको थियो। एमसीसी कै बारेमा पार्टीभित्र विवाद उत्पन्न भइरहेका बेला केन्द्रीय समिति बैठकमा उक्त विषयले प्रवेश पाए थप विवाद हुन सक्ने देखेर नेतृत्वले तत्कालका लागि बैठक स्थगित गरेको बताइएको छ।

केही साता यता एमसीसीको विषयलाई लिएर गठबन्धन दलभित्र नै विवाद उत्पन्न भइरहेका बेला सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दवावमा देखिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment