आगलागी परी दुई वृद्धाको मृत्यु

२५ माघ, काठमाडौँ । छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको जनाएको हो ।

क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्ञानमाया राईको ज्यान गएको इलाका प्रहरी कार्यालय थपरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

accidentCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment