कोरोना प्रतिबन्धविरुद्ध ट्रक चालकहरुको आन्दोलन उग्र बनेपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

२४ माघ, काठमाडाैँ । क्यानडाको राजधानी सहरमा एक साताभन्दा लामो समयदेखि कोरोना प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले प्रदर्शन गरिरहँदा रहँदा आपतकाल घोषणा गरिएको छ। ओटावाका मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताउँदै आपतकाल घोषणा गरेका हुन्।

‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन ट्रक ड्राइभरहरुलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो।

क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा ‘असंवेदनशील व्यवहार’ गरेको बताको बीबीसीले उल्लेख गरेको छ।

प्रदर्शनकारीहरूले हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ‘पार्टीजस्तो गरेको’ उनले आरोप लगाए।

उनले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा ‘लडाई हारिरहेको’ बताए। वाट्सनले भने, “यो समाधान हुनुपर्छ। हामीले हाम्रो शहर पुरानै स्वरूपमा ल्याउनुपर्छ।”

एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन्।

ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्। तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ।

प्राप्त उजुरीमा ट्राफिक व्यवस्था अस्तव्यस्त पार्नेदेखि हिंसा र दुर्व्यवहारका चिन्तासम्म छन्। प्रहरीले उक्त प्रदर्शनले अतिवादी मतलाई आकर्षित गरिराखेकोमा आफूहरू चिन्तित बनेको बताएको छ।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarFacebookInternationalnepalNewsPolitic
Comments (0)
Add Comment