शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, भाउ कति ?

२१ माघ, काठमाडाैँ । शुक्रबार सुनको मूलयमा सामान्य गिरावट देखिएको छ । बिहीबार तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५० डलर आसपासमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarFacebookGold & SilverhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment