जनवरीमा नेपाल भित्रिए करिब १७ हजार विदेशी पर्यटक

२१ माघ, काठमाडाैँ । सन् २०२२ को पहिलो महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएको छ। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जनवरीमा १६ हजार ९७५ पर्यटक नेपाल आएका छन्। कोभिड–१९ महामारीको तेस्रो लहर उचाइमा रहेको अवस्थामा पनि अघिल्लो जनवरीको तुलनामा ९० प्रतिशतभन्दा बढी पर्यटक नेपाल आएका हुन्।

जनवरीमा नेपालका प्रमुख पर्यटकीय बजार भारत, संयुक्त राज्य अमेरिका, बेलायतजस्ता देशबाट गत वर्षको तुलनामा धेरै पर्यटक आएको तथ्यांकले देखाउँछ। भारतबाट जनवरीमा सबैभन्दा धेरै तीन हजार ९१६ पर्यटक नेपाल आएका छन्।

त्यसपछि संयुक्त राज्य अमेरिकाबाट तीन हजार २५७ तथा बेलायतबाट एक हजार ८२४ जना नेपाल आएको तथ्यांकले देखाउँछ। नेपालको प्रमुख पर्यटकीय बजार मानिने चीनबाट नेपाल आउने पर्यटकको संख्या भने घटेको छ।

जनवरीमा चीनबाट ३२१ पर्यटक नेपाल आएका छन्। कोभिड संक्रमणका कारण हवाई उडानमा प्रतिबन्ध लगाएकाले पनि चीनबाट नेपाल आउने पर्यटक कम देखिएको हो। उल्लिखित पर्यटकको संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिनेको मात्र हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment