१८ वर्षपछि पहिलो पटक घट्यो फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता, सेयरमा २० प्रतिशत भन्दा धेरै गिरावट

२० माघ, काठमाडाैँ । अग्रणी सामाजिक सञ्जाल फेसबुकले १८ वर्षको इतिहासमा पहिलोपटक आफ्नो डेली एक्टिव युजर्स (डीएयू) को संख्यामा गिरावट दर्ता गरेको छ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्तसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या घटेको जनाएको छ। उक्त संख्या १. ९२९ बिलियन भएको छ। जबकी पछिल्लो तीन महिनामा यो संख्या १.९३० बिलियन थियो।

कम्पनीले टिकटक र युट्युब जस्ता प्रतिद्वन्द्वीको तुलनामा कमाइ कम भएको आशंका जनाएको भने विज्ञापन कम्पनीले पनि आफ्नो खर्चमा कटौती गरिरहेको बीबीसीले उल्लेख गरेको छ।

न्यूयोर्कमा आफ्टर-आवर्स ट्रेडिंगमा मेटाको ‍सेयरमा २० प्रतिशत भन्दा धेरै गिरावट आएको छ। मेटाको सेयरको गिरावटका कारण कम्पनीको सयेरमा बजार मूल्य भन्दा २ सय अर्ब डलर भन्दा धेरैको घाटा भएको छ।

ट्विटर, स्न्याप र पिन्टरेस्टसहित अन्य सामाजिक सञ्जाल प्लेटफर्महरुको सेयर बजारमा पनि भारी गिरावट आएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment