आज – १८ माघ २०७८ मंगलवार को राशिफल

२०७८ माघ १८ गते, मंगलवार, १ फेब्रुअरी २०२२। माघ कृष्णपक्ष, अमावस्या तिथि, ११ः३४ बजेदेखि शुक्ल प्रतिपदा। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धाको दौडमा समेत सजिलै जित हासिल हुनेछ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

मौकामा अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्चले चिन्ता बढाउन सक्छ। काममा केही पछि परिने समय छ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। स्वार्थका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। मुख्य भूमिका निर्वाह गरे पनि छायामा परिएला। बिछोडिएका आफन्तसँग भेटघाट भए पनि आगन्तुकले अलमल्याउने हुँदा काम पूरा नहुन सक्छ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वास गर्दा धोका होला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarhealthhoroscopenepalNewsRasifalTodays Horoscope
Comments (0)
Add Comment