मुद्दती निक्षेपमा दुई अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

१६ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले उत्पदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ३ गतेदेखि २०७९ साल फागुन ३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी सो रहम लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते बेलुका ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19Deathdigital khabarhealthLockdownNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment