राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

१५ माघ, बागमती । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ। यहाँ चार वर्षअघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन।

२०७५ सालमा विद्युत् विस्तारको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ। काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले एक करोड रुपैयाँ जम्मा गरेको थियो।

उक्त रकममा प्राधिकरणले एक करोड रुपैयाँ थपेर काम अघि बढाएको थियो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पटक-पटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन। प्राधिकरणको हेटौंडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ-खुर्कोट क्षेत्रमा ३४५ बिजुलीको पोल लगिएको छ। तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ।

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए। विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ। सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BagmatibusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment