बिहीबार सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने ३ अर्ब ३४ करोडमा सीमित

१३ माघ, काठमाडाैँ । साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार सामान्य बढेको छ। यसअघि साताका चार कारोबार दिन (आइतबार–बुधबार) भने बजार लगातार ओरालो लागेको थियो।

बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.३३ अंकले बढेर २७७९.९८ बिन्दुमा पुगेको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से ३८.८२ अंकले घटेर २७७६.६५ बिन्दुमा झरेको थियो।

बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ। पछिल्लो केहि कारोबार दिनमा सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ। आइतबार आठ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार रकम बिहीबार तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ।

बिहीबार कारोबारमा आएका १३ समूहमा ६ समूहको सेयर मूल्य घटेको छ। बाँकी समूहको सेयर मूल्य बढेको छ। आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

नेप्सेमा आज कूल २२४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री भएको छ। आज कारोबार रकममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि रह्यो। यो कम्पनीको २० करोड २ लाख ६ सय ९७ रूपैयाँको कारोबार भएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPoliticshare market
Comments (0)
Add Comment