नयाँ प्रजातिको रूखको नाम किन राखियाे ‘डिकाप्रियो’?

१३ माघ, बीबीसी । बेलायतको रोयल बोटानिक गार्डेन्स, क्युका बैज्ञानिकहरूले हालै नयाँ प्रजातिको रूख पत्ता लगाएका छन्।

बिबिसीका अनुसार यो रूख क्यामरून जंगलमा मात्र हुर्किन्छ।

बैज्ञानिकहरूले यो रूखको आधिकारिक नाम पनि राखेका छन्- युवारियोप्सिस डिकाप्रियो।

यो नाम उनीहरूले हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोको नामबाट राखेका हुन्।

बिबिसीका अनुसार बैज्ञानिकहरूले लियोनार्दोले गरेको मद्दतको सरहाना गर्दै उनको नाममा नयाँ प्रजातिको रूखको नामकरण गरेका हुन्।

‘लियोनार्दोले धेरै रूख काटिनबाट जोगाउन हामीलाई सहयोग गरेका छन्,’ बैज्ञानिकका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘यसकारण हामी उनलाई सम्मान गर्न चाहन्थ्यौं।’

क्युका डाक्टर मार्टिन चीकका अनुसार लियोनार्दोले इबो जंगलका धेरै रूख काटिनबाट जोगाएका छन्।

लियोनार्दो लामो समयदेखि जंगल जोगाउने अभियानमा छन्। उनले सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रमहरूमार्फत् रूख जोगाऔं अभियान चलाइरहेका छन्।

अहिले बैज्ञानिकहरूले पत्ता लगाएको ‘डिकाप्रियो’ सदावहार रूख हो। चार मिटर अग्लो हुने यो रूखका पात १५ सेन्टिमिटरसम्म लामा हुन्छन्। यसको डाँठमा पहेँलो फूल पनि फुल्छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDicapriodigital khabarhealthnepalNew Dicaprio TreeTree
Comments (0)
Add Comment