यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया छिर्न नदिन निर्देशन

१३ माघ, काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् ।

मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए ।

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । ढड्डामा काम गर्ने बानीले हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ ।

त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । काम गर्ने शैलीहरु हिजोकै छन् । अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठुला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन ।’

बिचौलियाहरूले यातायातको कामलाई बदनाम गराइरहेको भन्दै मन्त्री दाहालले त्यस्ता मान्छे छिर्न नदिन कर्मचारीलाई निर्देशन दिए । बिचौलियाहरूलाई रोक्नको लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौँ ।

उनले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइमा देखिएको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarDriving LisenceEkantakunahealthLockdownnepalNewsOfficePoliticyatayat karyalaya
Comments (0)
Add Comment